आईफोन १६ सिरिज सार्वजनिक, ७९९ अमेरिकी डलर मूल्य

काठमाडौं । एप्पलले आजको वार्षिक इभेन्टमार्फत बहुप्रतिक्षित आईफोन १६ प्रो सिरिज घोषणा गरेको छ।

आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्स यस सिरिजमा रहेका छन् जसको डिस्पेले ६.३ इन्च र ६.९ इन्च को छ र यो अहिलेसम्मको सबैभन्दा ठूलो आईफोन डिस्प्ले हो।

कम्पनीकाअुनसार यसमा कुनै पनि एप्पल उत्पादनमध्ये सबैभन्दा पातलो किनाराहरू छन्, र यसमा १२० हर्ज प्रोमोशन डिस्प्ले फिचर छ।

नयाँ आईफोन चार भेरियन्ट आईफोन १६, आईफोन १६ प्लस, आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्समा सार्वजनिक गरिएको हो।

नयाँ आईफोनमा एआई समर्थित सफ्टवेयर फिचरहरु पनि दिइएको छ। ती सफ्टवेर फिचर अर्को महिनामा सम्म नि:शुल्क इएबल गर्न सकिनेछ।

सबै चार आईफोन १६ भेरियन्ट १२८ जीबी, २५६ जीबी र ५१२ जीबी स्टोरेजमा उपलब्ध छ। आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्स १ टीबी स्टोरेजमा पनि उपलब्ध छ। आईफोन १६ प्रो म्याक्स भने १२८ जीबी भर्सनमा उपलब्ध छैन।

एप्पलले नयाँ फोनको सुरुवाती मूल्य ७९९ अमेरिकी डलर आईफोन १६, ८९९ अमेरिकी डलर आईफोन १६ प्लस, ९९९अमेरिकी डलर आईफोन १६ प्रो र ११९९ अमेरिकी डलर आईफोन १६ प्रो म्याक्सको तोकेको छ।

हाल आईफोन १६ सिरिज ५८ देश र क्षेत्रमा उपलब्ध छ। सेप्टेम्बर १३ मा प्रि अर्डर गर्न सकिन्छ र सेप्टेम्बर २० मा उपलब्ध हुने एप्पलले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?