त्रिभुवन विमानस्थलबाट सुनसहित दुई जना पक्राउ

नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रबाट अवैधरुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा सुनसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा प्युठान सरुमारानी गाउँपालिका–१ बाङ्गेसार बस्ने ३१ वर्षीय समिर अहमद र खोटाङ दिपरुङ गाउँपालिका–५ बस्ने ३० वर्षीय देवराज खत्री रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

हिमालय एयरलाइन्सको उडानद्वारा दोहाबाट काठमाडौँ आएका समिरलाई करिब ५४ ग्राम तौलको सुन (धातुको ढिक्का एक थान, बेरुवा औँठी एक थान) मोबाइल एक थानसहित प्रहरीले सोमबार पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार देवराजलाई करिब २५ ग्राम तौलको सुनको सिक्री एक थान, मोबाइल दुई थान र ल्यापटप एक थानसहित पक्राउ गरिएको हो ।

पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामङ्गल बुझाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

संघीय प्रशासनमा उथलपुथल : सचिव सहितका २ हजार ५७७ दरबन्दी घटाइयाे

‘यात्री पी-२’ ले स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास जगाएकाे छ : अर्थमन्त्री वाग्ले

माकाजु र खनाललाई हेमबहादुर मल्ल सम्मान, सार्वजनिक प्रशासनमा नैतिकता र इमान्दारी आवश्यक : राष्ट्रपति पौडेल

प्रभु बैंकमा करोडौँ कर्जा दुरुपयोग : सीईओ शेरचनसहित ७ जनाकाे मिलेमत्तो !

६ बैंकहरूले लाभांश वितरण गर्न राष्ट्र बैंकमा दिए आवेदन

छुटाउनुभयो कि ?