कुमारी बैंकको २२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

कुमारी बैंक लिमिटेडले २२ हजार ३२७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर भदौ २४ गतेदेखि विक्रीमा ल्याएको हो ।

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेडको कार्यालय नक्साल, काठमाडौँमा आवेदन पेश गर्नुपर्नेछ । साथै कम्पनीको केन्द्रिय कार्यालय टंगाल, काठमाडौंमा समेत आवेदन पेश गर्न सकिने व्यवस्था छ ।

तोकिएको अवधिभित्र यी शेयर विद्यमान संस्थापक शेयरधनीहरूले खरीद नगरेमा अन्य व्यक्ति तथा संस्थामा विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

जीडब्ल्यूएमका विद्युतीय सवारीसाधन (ईभी) प्रति ग्राहकको आकर्षण

‘लस एन्ड ड्यामेज कोष’ ले नेपाललाई जवाफ दिँदै भन्यो– ‘जतिसक्दो चाँडो सहयोग गछौँ’

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

बाढीपछिको पुनर्निर्माण गर्न ७ खर्ब २३ अर्ब बढी लाग्ने आकलन

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

छुटाउनुभयो कि ?