सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार २५.४६ अंकले घट्दा परिसूचक २७०१.९० बिन्दु कायम भएको छ ।
३२८ कम्पनीको २ करोड २२ लाख ६२ हजार ९२४ कित्ता सेयर १० अर्ब १२ करोड २४ लाख ८ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा उत्पादन तथा प्रशोधन र माइक्रोफाइनान्स समूहको उपसूचक घटेको छ । बाँकी समूहको उपसूचक राताम्मे बनेका छन् । यो दिन ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १५७ कम्पनीको घटेको छ ।

कारोबारमा तीन कम्पनीको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ । यस्तै थ्री स्टार हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा सीईडीबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको ४२ करोड १९ लाख २५ हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः हाईड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी रहेको छ र ग्रिनलाइफ हाईड्रोपावर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

जीडब्ल्यूएमका विद्युतीय सवारीसाधन (ईभी) प्रति ग्राहकको आकर्षण

‘लस एन्ड ड्यामेज कोष’ ले नेपाललाई जवाफ दिँदै भन्यो– ‘जतिसक्दो चाँडो सहयोग गछौँ’

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

बाढीपछिको पुनर्निर्माण गर्न ७ खर्ब २३ अर्ब बढी लाग्ने आकलन

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

छुटाउनुभयो कि ?