एनसेलका सबै ग्राहकले अब टिकटक चलाउन सक्ने

एनसेलका सबै ग्राहकले अब टिकटक चलाउन सक्नेछन्।

शुक्रबारबाट टिकटक प्याक सञ्चालनमा ल्याएको छ र सबै सधैं अनका प्याकहरूमा सामाजिक सञ्जाल चलाउन पाइने निःशुल्क डेटामा टिकटक पनि समावेश गरेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसा करसहित १७५ रूपैयाँमा सात दिन सम्ममा अनलिमिटेड टिकटक चलाउन पाइनेछ। अन्य प्रयोजनका लागि ग्राहकले इन्टरनेट प्रयोग गर्न २ जिबी डेटा पनि पाउँछन्।

एनसेलका सधैं अनका सबै प्याकहरूमा निःशुल्क पाइने सोसल मिडिया डेटामा पनि टिकटक थपिएको हो। यसको मतलब अब सधैं अन प्याकहरूमा ग्राहकले फेसबुक, इन्स्टाग्राम र युट्युबका साथसाथै टिकटक पनि निःशुल्क रूपमा आउने डेटाबाट चलाउन पाउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?