काठमाडौं । साताको शेयर बजारमा आएको गिरावटले निरन्तरता पाएको छ । अघिल्लो साता शेयर बजारमा कारोबार रकम २ अर्ब ५४ करोड ३१ लाख रुपैयाँ र बजार पूँजीकरण रकम ३ खर्ब ५७ अर्ब १७ करोड ३३ लाख रुपैयाँले कमी आएकोमा यो साता पनि करोडौं रकमले शेयर बजारमा गिरावट आएको छ । अघिल्लो साताका तुलनामा यो साता शेयर बजारमा कारोबार रकम ४ अर्ब ५८ करोड ३३ लाख रुपैयाँले र बजार पूँजीकरण रकम ३० अर्ब ३८ करोड ६६ लाख रुपैयाँले घटेको छ ।
यो साता कारोबार रकम ५९ अर्ब ७७ करोड ७६ लाख रुपैयाँ हुदाँ अघिल्लो साता भने कारोबार रकम ६४ अर्ब ३६ करोड ९ लाख रुपैयाँ रहेको थियो । यो साता बजार पूँजीकरण रकम ४३ खर्ब ३६ अर्ब ४९ करोड ९४ लाख रुपैयाँ हुदाँ अघिल्लो साता बजार पूँजीकरण रकम ४३ खर्ब ६६ अर्ब ८८ करोड ६० लाख रुपैयाँ रहेको थियो । यो सँगै लगानीकर्ताहरु जोखिममा परेका छन् अर्थात् उनीहरुले आफनौं हजारौं तथा लाखौं लगानीहरु गुमाएका छन् ।
समीक्षा अवधिमा कारोबार शेयर कित्ता समेत घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । नेप्सेका अनुसार अघिल्लो साताको तुलनामा यो साता कारोबार कित्ता १ करोड ५० लाख ९४ हजार २४७ ले घटेको हो । यो साता १३ करोड ४८ लाख १४ हजार कारोबार शेयर कित्ता हुदाँ गत साता १४ करोड ९९ लाख ८ हजार कारोबार शेयर कित्ता रहेको थियो ।
अघिल्लो साताको तुलनामा नेप्से परिसूचक २२.२१ अंकले र सेन्सेटिभ इन्डेक्स ३.४४ अंकले घटेको छ । गत साता २७४९.५७ अंकमा रहेको नेप्से यो साता २७२७.३६ अंकमा रहेर बन्द भएको छ । गत साता सेन्सेटिभ इन्डेक्स ४८९.७९ अंकमा रहेकोमा यो साता ४८६.३५ अंकमा रहेर बन्द भएको छ ।
त्यस्तै यो साता समूह सूचकहरु भने घटबढ भएको छ । समूह सूचकहरु गत साताको तुलनामा यो साता १० वटा समूह सूचक आरोलो लाग्दा बाँकी ३ वटा समूह सूचक बढेको छ ।
अघिल्लो साताको तुलनामा यो साता बैकिङ ३६, वित्त ११६ , होटल र पर्यटन १६०, जलविद्युत ८१, लगानी १ अंकले घटेको छ । त्यस्तै समिक्षा अवधिमा लघुवित्त ८१,उत्पादन र प्रशोधन ४४५, लघुवित्त ११६, म्युअुचल फण्ड ०.१, व्यापार १३ र अन्य २१ अंकले घटेको छ । विकास बैंक १०२, जीबन बीमा १११ र निर्जीवन बीमा ६५९ अंकले बढेको छ ।


