पर्यटन बोर्डको सीईओमा जोशी पुनः नियुक्त

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दीपकराज जोशी पुनः नियुक्त भएका छन् । बिहीवार बसेको बोर्ड बैठकले जोशीलाई नयाँ सीईओमा नियुक्त गरेको हो । यसअघि उनी २०७२ मा पहिलोपटक बोर्डको सीईओको रूपमा नियुक्त भएका थिए ।

बिहीवार बोर्डका अध्यक्षसमेत रहेका पर्यटन सचिव गणेशप्रसाद पाण्डेयको अध्यक्षतामा बसेको बोर्ड बैठकले उक्त निर्णय गरेको थियोे ।

बोर्डको सीईओ नियुक्तिका लागि उपसमिति गठन गरिएको थियो । उपसमितिले जोशीसहित निवर्तमान सीईओ धनञ्जय रेग्मी र ज्ञानेन्द्रसिंह महतोको नाम सिफारिस गरेको थियो । निवर्तमान सीईओ रेग्मीको कार्यकाल २०८० माघमा सकिएको थियो । ७ महीनामा बोर्डले नयाँ सीईओ पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?