डिम्याट खाता खोल्नेको सङ्ख्यामा वृद्धि, दुई महीनामा ४० हजारले खाेले

पछिल्लो दुई महिना यता डिम्याट खाता खोल्नेको सङ्ख्या ४० हजारले बढेको छ । नेपाल सिडीएस एण्ड क्लियरिङका अनुसार डिम्याट खाता खोल्नेको सङ्ख्या पछिल्लो दुई महिनामा ह्वात्तै बढेको हो ।

जसअनुसार, डिम्याट खाता खोल्नेको सङ्ख्या हालसम्म ६३ लाख ७० हजार ६११ पुगेको छ । त्यस्तै, दुई महिनामा मेरो सेयरको खाता खोल्नेको सङ्ख्या पनि करिब २० हजारले बढेको छ ।

यससँगै, हालसम्म ३६ लाख ५६ हजारले मेरो सेयर खाता खोलेका छन् । (प्राथमिक सेयर)आइपीओ भएका लगानीकर्ताहरूले सेयर बजार बढेसँगै बेच्नका लागि मेरो सेयरको खाता खोल्दा यो सङ्ख्या उल्लेख्य रूपमा बढेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?