कुलमान भन्छन्- लाेडसेडिङ अब इतिहास भइसकेको छ, फेरि हुन्न

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राकृतिक र प्राविधिक कारण यदाकदा बिजुली आउने/जाने गरे पनि लोडसेडिङ अब इतिहास भइसकेको बताएका छन् । प्राधिकरणको ३९ औं वार्षिकोत्सवको अवसरमा कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन् ।

घिसिङले ०७३ मा तिहारको लक्ष्मीपुजाको दिनदेखि काठमाडौं उपत्यकाबाट अन्त्य गरेको लोडसेडिङ ०७५ वैशाखदेखि देशभर अन्त्य गर्न सफल भएको बताए । कुनैबेला देशमा दैनिक १८ घण्टा लोडसेडिङबाट व्यहोर्नुपरेको अवस्थामा अहिले भारतमा बिजुली निर्यात गर्ने अवस्थामा पुगेको बताए ।

वर्षायाममा ७ सय मेगावाटभन्दा बढी बिजुली निर्यात गर्ने अवस्थामा पुगेको उनले जनाए ।वर्षायाममा भारत निर्यात गरी व्यापार घाटा कम गरी विदेशी मुद्रा आर्जन गर्न सहयोग पुगको उनको भनाइ थियो । हिउँदमा अझै केही महिना आयात गर्नु परेता पनि आयातको परिमाण घट्दै जाने उनले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

यूटीएलको लाइसेन्स खारेजीसँगै सम्पत्ति रोक्का

घरजग्गा एक्स्पो हुँदै : छानी–छानी घर तथा जग्गा खरिद गर्न सकिने

पुर्वाधार आयोजनासँग सम्बन्धित मुद्दा ९० दिनभित्र टुंग्याउनुपर्ने

जीडब्ल्यूएमका विद्युतीय सवारीसाधन (ईभी) प्रति ग्राहकको आकर्षण

‘लस एन्ड ड्यामेज कोष’ ले नेपाललाई जवाफ दिँदै भन्यो– ‘जतिसक्दो चाँडो सहयोग गछौँ’

छुटाउनुभयो कि ?