खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रमुखमा रमेश आचार्य

सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा धादिङका रमेश आचार्यलाई नियुक्त गरेको छ।

खाद्य संस्थान र नेसनल ट्रेडिङ लिमिटेडलाई गाभेर बनाइएको सरकारी स्वामित्वको यस कम्पनीमा सरकारले प्रतिस्पर्धात्मक प्रक्रियाबाट नियुक्त गरेको हो।

सरकारले पदपूर्तिका लागि गठन गरेको सिफारिस समितिले गत २०८१ वैशाख ५ मा दर्खास्त आह्वान गर्दा १२ जनाले आवेदन दिएका थिए।

उनीहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्तापछि ३ जनाको नाम सिफारिस समितिले मन्त्रिपरिषद्मा पठाएको थियो।

तीन जनामा आचार्यका अतिरिक्त गोपीकृष्ण न्यौपाने र डिल्लीराज लम्साल पनि थिए। लम्साल कम्पनीकै निमित्त कार्यकारी अधिकृतका रूपमा कार्यरत छन्। तिनैमध्येबाट मन्त्रिपरिषद्ले आचार्यलाई नियुक्त गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

संघीय प्रशासनमा उथलपुथल : सचिव सहितका २ हजार ५७७ दरबन्दी घटाइयाे

‘यात्री पी-२’ ले स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास जगाएकाे छ : अर्थमन्त्री वाग्ले

माकाजु र खनाललाई हेमबहादुर मल्ल सम्मान, सार्वजनिक प्रशासनमा नैतिकता र इमान्दारी आवश्यक : राष्ट्रपति पौडेल

प्रभु बैंकमा करोडौँ कर्जा दुरुपयोग : सीईओ शेरचनसहित ७ जनाकाे मिलेमत्तो !

६ बैंकहरूले लाभांश वितरण गर्न राष्ट्र बैंकमा दिए आवेदन

छुटाउनुभयो कि ?